घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने
फाइल तस्वीर

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

चितवनमा शुक्रबार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफ्नो टिमका सदस्यहरूसँगको सल्लाहअनुसार उपाध्यक्षमा उम्मेदवारी तयारी गरेको बताएका छन् । एमालेको विधानबमोजिम चार जना उपाध्यक्ष रहने व्यवस्था छ ।

एमाले महाधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु हुँदैछ । त्यसपछि मात्र एमालेको नयाँ नेतृत्वका लागि विभिन्न पदमा मनोनयन हुनेछ । यद्यपि एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास पनि भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १९:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया