एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न ओलीकाे प्रस्ताव

नेकपा एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थप्ने प्रस्ताव आएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् ।

८ बजे सौराहस्थित जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष ओली राति ११ बजे आएपछि केन्द्रीय समिति बसेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

पदाधिकारी संख्यामा ८ जना उपाध्यक्ष र तीन जना उपमहासचिव राख्ने प्रस्ताव गरिएको छ ।

स्थायी समिति सदस्य भने ४५ जना यथावत राखिएको छ ।



अध्यक्ष ओलीको प्रस्तावमा ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने पनि उल्लेख छ ।



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ६:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया