युवालाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जाेड दिनुपर्ने बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवान अरब जान बन्द हुने स्थिति आउने बताएका हुन् । 

‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ । याे कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवान अरब जान बन्द हुने स्थिति आउँछ । मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने, ‘ग्लोबलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अस्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचिको विषय हुन सक्छ । तर, हामीले प्रयास गर्‍यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्य हुनसक्छ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया