पर्यटनमन्त्री भन्छन् – दीर्घकालीन परिणाम दिन्छौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो पार्टी नेकपाले चुनावका वेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताएका छन् । 

बागलुङको बडिगाड गाउँपालिकामा शनिबारदेखि सुरु प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उद्घाटन गर्दै उनले विगतका सरकार सञ्चालकले सरकार सञ्चालनमा बनाएका खाल्डा पुर्दै जाँदा जनतामाझ गरेका प्रतिबद्धताअनुरूप काम गर्न समय लागेको जिकिर गरे । 

संघीय गणतन्त्रको स्थापनासँगै मुलुकमा समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो ६ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी काम गरिरहेको बताए । 

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको संख्यामा साढे ३० प्रतिशतले वृद्धि गरेको बताउँदै उनले अबको पाँच वर्षमा मुलुकले मुहार फेर्ने दाबी गरे । 

बागलुङको पश्चिमी क्षेत्रका पर्यटकीय स्थलहरू ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिरलगायतको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १९:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया