प्रकाशमान सिंहका अनुसार यसकारण देउवा सभापतिमा दोहोरिनु हुँदैन

नेपाली कांग्रेसको १४औं सभापति पदमा उम्मेदवार बन्ने भएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने कारणहरू बताएका छन् ।

सभापति पदमा फेरि दोहोरिन प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले तयारी गरिरहेका बेला सिंहले नेतृत्व गर्नुपर्ने तीन कारण बताएका हुन् । 

पहिलो कारण- १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भयो । कमजोर हुँदा लोकतान्त्रिक प्रणालीमा  असर पर्‍याे । दुई-दुईपटक कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिदियो । 

दोस्रो कारण- पार्टी विधिवत र नियमसम्मत चलेन ।

तेस्रो कारण- कम्युनिस्ट सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयन गरेन । 

कांग्रेसको नेतृत्वमा जारी भएको उक्त संविधानको सफल कार्यान्वयन गर्नुपर्ने पनि कांग्रेसकै जिम्मेवारी रहेको र वर्तमान नेतृत्वबाट त्यो सम्भव हुँदैन । 



काठमाडौं कांग्रेस सभापति कृष्ण (सबुज) बानियाँ नेतृत्वको प्यानललाई शनिबार बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले वर्तमान सभापति दोहोरिए कांग्रेसलाई आगामी निर्वाचनमा गाह्रो पर्ने पनि बताए । 

त्यही भएर पार्टीलाई आगामी निर्वाचनमा जिताएर बहुमतको सरकार गठन गर्न र सामान्य जनताको पनि जीवन परिवर्तन गर्न सभापति पदमा उम्मेदवारी घोषण गरेको बताए । 



उनले कांग्रेस कमजोर हुँदा दुई-दुईपटक संसद् विघटन गर्ने दुस्साहस कम्युनिस्ट सरकारबाट भएको टिप्पणी गरे ।

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १२:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया