नेकपा (एमाले)को चुनाव हुने सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले निकटस्थ नेताहरूसँग छलफल गर्दा सहमति हुन नसक्दा चुनाव हुने सम्भावना बढेको हाे ।
ईश्वर पोखरेल निकट एक नेताका अनुसार उपाध्यक्षमा पोखरेल र सुवासचन्द्र नेम्बाङ दुबैले दाबी छाडेका छैनन् । पदाधिकारीमा सहमति भए केन्द्रीय सदस्यमा चुनाव हुने सम्भावना कम रहेको ती नेता बताउँछन् ।
पदाधिकारी पदहरूमा पूर्व माओवादी पक्ष, तत्कालीन माधव नेपाल पक्ष र ओली निकट सबैको दाबी कायम रहेको छ ।
पदाधिकारीको चुनाव वा सहमतिबारे टुंगो नलाग्दा नेताहरू केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेबारे खुल्न सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।