पाल्पामा देउवापक्षीय उम्मेदवारलाई श्रेष्ठले दाेब्बर बढी मतले हराए

नेपाली कांग्रेस पाल्पाकाे सभापति हिमालदत्त श्रेष्ठ भएका छन्  । उनी संस्थापनइतर पक्षका हुन् । उनलाई सभापतिका आकांक्षीहरू राजेन्द्रगाेपाल श्रेष्ठ र कृष्णप्रसाद अधिकारीले सहयाेग गरेका थिए। 

सभापति पदमा श्रेष्ठले कृष्णप्रसाद बस्याललाई दाेब्बर बढी मतले पराजित गरे।

प्रमुख निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जनाए अनुसार श्रेष्ठले ८९० र बस्यालले ३८१ मत पाए । बस्याल सभापति शेरबहादुर देउवापक्षीय हुन् । 

उनका प्यानलबाट पदाधिकारी र जिल्ला सदस्यहरूमा उम्मेदवारी दिएका अन्य नेताहरू पनि पराजित भए । 

श्रेष्ठको समूहबाट पार्टीका निवर्तमान सचिव झपेन्द्र गैरे र क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति ज्ञानबहादुर गाहा उपसभापतिमा निर्वाचित भएका छन् । 

दुई सचिवमा क्षेत्र नं. १ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्व जिल्ला अध्यक्ष सुनिता अधिकारी तथा दुई सहसचिवमा विष्णु थापा र हामिद मिया निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया