संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती– नेता पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले दशौं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बताएका छन् । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रको पूर्व सन्ध्यामा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले भने, ‘सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ । हामी यसैमा केन्द्रीत छौँ ।’

एमालेमाथि वैचारिक र राजनीतिक रूपमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै नेता पोखरेलले यी सबै षड्यन्त्रका विरुद्ध लड्ने सशक्त नेतृत्व निर्माण गर्ने म्याण्डेट महाधिवेशनको रहेको बताए ।

‘नीतिगत रूपमा एमालेलाई नेपालका राजनीतिक दलमा सबैभन्दा व्यवस्थित पार्टीका रुपमा स्थापित गर्न सफल भएका छौं । पार्टीको नीतिलाई कार्यान्वयन गर्ने एउटा सक्षम टिम निर्माण गर्न चाहन्छौं’, नेता पोखरेलले भने, ‘अहिले हाम्रो पार्टी लक्षित जुन खालको वैचारिक र राजनीतिक हमला भइराखेको छ । घेराबन्दी भइराखेको छ, त्यो षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने सन्दर्भका रुपमा सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ ।’

संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतीका रूपमा देखा परेको संकेत गर्दै पोखरेलले भने, ‘संगठनात्मक अराजकता आजको कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतीका रुपमा देखा परेको छ । यसलाई सधैँका लागि अन्त्य गर्न हामी लागिपरेका छौँ ।’ मुलुकको समृद्धिका लागि राजनीतिक दिशा स्पष्ट हुनुपर्ने भन्दै पोखरेलले दशौँ महाधिवेशन यसैमा केन्द्रीत रहेको दाबी गरे ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया