श्रममन्त्रीले भने : श्रमिकका कुनै समस्या भए मन्त्रालय लिएर आउनुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरूलाई आग्रह गरेका हुन् ।

उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरूलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसूट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए ।

‘मजदुरहरूको विषयमा पनि समस्या लिएर आउनुस् । राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस् । दुःखका सुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु’ उनले भने ।

मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरूलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए । मोइन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिव ७ सय भन्दा बढी श्रमिकहरूलाई ट्रयाकसूट वितरण गरेको हो ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया