प्रचण्डले भने- एमालेको कुम्भमेलामा विचारलाई निषेध गरिएको छ
फाइल फाेटाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।

पार्टीको ७५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए । 

उनले भने, ‘तपाईंहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्त्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरू पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन ।’

माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए। 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १४:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया