यी हुन एमालेको दशौँ महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्य आकांक्षी

कर्णाली प्रदेशबाट एमालेको दशौँ महाधिवेशनमा कर्णाली प्रदेशबाट धेरैले केन्द्रीय नेतृत्वको आस राखेका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा धेरै जनाले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन् ।

भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, नीरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही(नेशनल), धर्मराज रेग्मी, योगेन्द्र शाही, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन् ।

महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन् ।

सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । धेरै नेताहरूले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १४:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया