यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन् ।

उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए । नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने बताए ।

‘युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरूको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताए । कसले नेतृत्व गर्दा राजनीतिक रूपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताए । सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरू पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

'सकिन्छ, १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका सबै नेतागण एकै ठाउँ उभिनुपर्छ । एक ठाउँमा उभिएर देशभरीबाट आएको साथीहरूको जुन उत्साह छ, त्यो उत्साहलाई संगठित गरेर, संयोजन गरेर नयाँ नेतृत्व ल्याउनैपर्नेछ’ उनले भने ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १४:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया