भीम रावल भन्छन् - जो-जो अध्यक्षका प्रत्यासी छन् ती सबैसँग प्रतिस्पर्धा गर्छु

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन् ।

'ओली हाम्रो पार्टीको अध्यक्ष हो । व्यक्तिगत रूपमा मैले यहाँलाई धेरै सम्मान गर्छु । जो-जो अध्यक्षका प्रत्यासी हुन्छन् ती सबैसँग प्रतिस्पर्धा गर्छु' उनले भने ।

उनले हिजो भयो भनिएको विधान संसोधन प्रस्तव आफ्ना लागि नभएको बताए । 'हिजो भयाे भनिएको विधान संसोधन प्रस्तव मेराे लागि होईन । मैले प्रस्ताब पेश नै गरेको होईन' उनले भने ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया