कांगेस नेता प्रधानले गरे बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेश अधिवेशन हुन पाँच दिन बाँकी छँदा सभापति पदमा प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी कांग्रेसमा तेस्रो धारका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय मानिन्छन् ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम अवस्थामा सहमति र सहकार्य गर्न भनिएको भन्दै उनले बागमती सभापति भए कोइरालाको भनाइअनुसार अगाडि बढिने बताए ।

उनले संस्थापन पक्षसँग गठबन्धन गर्ने विषयमा छलफल गरिने पनि बताए ।

सभापति पदमा उनलाई केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला पूर्व जिल्ला सभापति शिव हुमागाईंले प्रस्ताव गरे ।



पूर्वरक्षामन्त्री उनी हाल काठमाडौं क्षेत्र नम्बर ६ बाट संघीय सांसद छन् । उनीसँग प्राध्यापनको अनुभव पनि छ ।

कांग्रेसको १२ औं अधिवेशनमा काठमाडौं जिल्ला सभापति भएका उनी १३ औं अधिवेशनमा भने कृष्ण (सबुज) बानियाँसँग पराजित भए । प्रदेश अधिवेशन यही १६ र १७ गते हेटौडामा हुँदैछ ।



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १७:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया