महाधिवेशन प्रचार–प्रसार समितिमा थपिए ६ सदस्य

नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रचार–प्रसार समितिमा ६ जना सदस्य थपिएका छन् । पार्टीका प्रवक्ता एव सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिमा ४ जना केन्द्रीय सदस्य र दुईजना आमन्त्रित केन्द्रीय सदस्यलाई मनोनयन गरिएको हो । 

समितिमा केन्द्रीय सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलीप राईलाई सदस्यमा मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यलयका सचिव प्रकाश शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । शनिबार उनीहरुको मनोनयनसँगै समितिले पूर्णता पाएको छ । 

प्रचार–प्रसार समितिमा सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजक र नेपाल प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य पदेन सदस्य रहनेछन् । 

यस्तै नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू पनि समितिको सदस्य छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १७:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया