बन्दसत्रमा केपी ओलीले भने– सर्वसम्मत गर्न खोजेर थिचोमिचो गर्ने भनेका होइनौँ

नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमा सर्वसम्मत गर्ने भन्नु आफूले थिचोमिचो नगरौँ भनेको बताएका छन् । उनले आफूले सकेसम्म सहमति गरौँ भनेको बताएका छन् ।

‘कसैलाई उम्मेदवारी दर्ता गर्ने भन्छ वा दाबी गर्छ भने उसले पाउँछ,’ ओलीले भनेका छन् ।

उनले आफूले हलमा केही लैजाऔँ भन्न खोजेको पनि बताएका छन् । उनले समय लम्ब्याउन मात्र निर्वाचनको कुरामा जान नखोज्न पनि बताएका छन् ।

‘हामी सबै केन्द्रीय सदस्य हुँदैनौँ होला,’ उनले भने, ‘३०१ जना मात्र केन्द्रीय सदस्य हुने भन्ने कुरा छ ।’

उनले जनताको बहुदलीय जनवाद जुन महाधिवेशनमा पारित भएको थियो, त्यति बेला नै सर्वसम्मतिमा नेतृत्व छानिएको बताए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया