एमाले महाधिवेशन : प्रतिनिधिलाई १० बजेभित्र हलमा छिरेर आसन ग्रहण गर्न निर्देशन

नेकपा एमालेको बन्दसत्रमा उपस्थित महाधिवेशन प्रतिनिधिहरूलाई १० बजेभित्र हलमा छिरेर आसन ग्रहण गर्न निर्देशन दिइएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्देशन दिएका हुन् ।

आज सुरु हुने भनिएको समयभन्दा पाँच घन्टा ढिलो सुरु भएको बन्दसत्रमा ओलीले सहमति नै अन्तिम विकल्प भएको पनि बताएका छन् ।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्न ओलीलाई अधिकार दिएपछि अध्यक्षका प्रत्यासी रावलले यसमा असन्तुष्टि जनाएका थिए ।

ओलीले जबज भनेको सर्वसम्मत नहुनु हो भन्ने नबुझ्न पनि आग्रह गरेका छन् । उनले आजको साँझ सहमतिको लागि प्रयास हुने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया