रावललाई इंगित गर्दै ओलीले भने - सकेसम्म सहमति राम्रो, नभए अर्थपूर्ण रूपमा अधिकार प्रयोग

नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिको प्रयासमा आफू रहेको महाधिवेशन प्रतिनिधिहरूलाई बताएका छन् ।

एमाले महाधिवेशनको बन्दसत्रमा बोल्दै ओलीले आफूले पाएको अधिकार अर्थपूर्ण हुनुपर्ने बताए । सर्वसम्मति नेतृत्व चयन गर्ने मुडमा रहेका ओलीले अध्यक्षमा दाबेदारी दाबी गर्दै आएका भीम रावललाई इंगित गरेका थिए ।

उनले भने, ‘सकेसम्म सहमति राम्रो हो त्यसका लागि । अधिकार प्रयोग मात्र गर्ने कि अर्थपूर्ण रूपमा अधिकार प्रयोग गर्ने ?’

हलको माहोल तताउँदै ओलीले भने, ‘हामी सबै त केन्द्रीय सदस्य हुँदैनौँ होला । अरु त केन्द्रीय सदस्य बनाएकोमा महाधिवेशनबाट गर्व गरेरै फर्किन्छौँ नि । जनताको बहुदलीय जनवाद जुन महाधिवेशनले पारित गरेको थियो त्यही महाधिवेशनले अन्तिममा नेतृत्व सर्वसम्मत बन्यो । आजको कार्यक्रम सहमति नै हो भन्ने लाग्छ ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया