ओलीले एमालेको नाम र चुनाव चिन्ह भजाएर जनता लोभ्याउँदै हिँडे : विरोध खतिवडा

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले केपी शर्मा ओली र एमाले कम्युनिस्ट नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै  खतिवडाले उनीहरू आफैँ सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिँडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पूजा गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिस्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिस्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको बताए ।

विगतमा एमालेको नेतृत्व गरेका सबै नेताहरू एमालेमै रहे पनि गलत विचार र व्यवहारका कारण एमालेमा नेता गए पनि कार्यकर्ता र जनता सही विचार छान्ने अवस्थामा रहेको बताए ।

दक्षिणपन्थी विसर्जनवाद र कम्युनिस्ट आन्दोलनको विचलनका विरुद्ध विद्रोह गर्दै एकीकृत समाजवादीमा रहेकाहरू भुसले छोपिएका हिरा भएको बताउँदै एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनमा लागेको ग्रहण हटाएर समृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने बताइन् ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले एमालेले धम्की र प्रलोभन देखाएर जनप्रतिनिधिलाई अलमल्याएको बताउँदै निर्वाचनबाट कम्युनिस्ट र गैर कम्युनिस्टलाई जनताले छुट्याउने बताए ।



स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधिहरू एकीकृत समाजवादीमा रहेको र प्राविधिक हिसाबले एमालेमा खुलेकाहरू पनि समाजवादीमा आउने क्रम बढेको थापाले बताए ।



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २१:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया