२०२२ सम्ममा कृत्रिम सुर्य बनाउने चीनको योजना

एजेन्सी– स्वच्छ उर्जा पैदा गर्ने उद्देश्यले चीनका वैज्ञानिकले एक कृत्रिम सुर्य बनाउने तयारी गरेका छन् । कृत्रिम सुर्य वास्तविक सुर्य भन्दा ६ गुणा तातो हुनेछ ।

अहिले सुर्यको तापक्रम करीब १.५० करोड डिग्री सेल्सियस तापक्रम रहेको छ तर चीनले बनाउने सुर्य १० करोड डिग्री सेल्सियससम्म तापक्रम रहने छ । 

चीनको एकेडेमी अफ साइन्ससँग जोडिएको इन्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसार कृत्रिम सुर्यको टेस्टिङ जारी छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक (इस्ट) नाम दिइएको छ । जुन पूर्णरुपमा सुर्यको आकारमा डिजाइन गरिएको छ । यसले सौर्यमण्डलका ताराहरुले जस्तै उर्जाको भण्डार गराउने चिनियाहरुको विश्वास छ ।  

एक मेसिनको माध्यमबाट इस्टको निर्माण गरिने छ । यो मेसिन खाली गोलो बक्स जस्तो छ । जसमा न्युक्लियर फ्युजनका कारण तापक्रम उत्पन्न हुन्छ । यो मेसिन एक दिन सञ्चालन गर्न १५ हजार डलर खर्च लाग्छ । हाल चीनको अन्हुई प्रान्त स्थित साइन्स द्धीपमा यो मेसिन राखिएको छ । 

पृथ्वीमा उर्जाको विकल्पको रुपमा प्रयोग गर्न इस्टको निर्माण गर्न लागेको चिनिया वैज्ञानिकहरु बताउँछन् । विश्वमा अहिले न्युक्लियर फ्युजनको माध्यमबाट उर्जा पैदा गरिरहेको छ । तर यसबाट उत्पन्न हुने न्युक्लियरका अवशेषहरु मानिसहका लागि निकै खतरनाक हुन्छन् । 

चीनले पहिले नै उर्जाको नयाँ स्रोतका लागि सौर्यमण्डलमा कृत्रिम सुर्य निर्माण गर्ने बताएको थियो । यसको माध्यमबाट वैज्ञानिकहरु रातको समयमा देशका सडक चम्काउन चाहन्छन् । उर्जा पनि बचाउन केही ठूला स्याटलाइटको पनि प्रयोग गरिने छ । चीनले कृत्रिम सुर्य सन् २०२२ सम्ममा लन्च गर्ने छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार ९:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया