नेकपा एमालेको उपाध्यक्ष घनश्याम भुसालले १०औँ महाधिवेशनको बन्द सत्रले पारित गरेको प्रस्ताव दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
फरकधारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् । सौराहास्थित होटल सेभेन स्टारमा भएको बन्द सत्रले पदाधिकारी र केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिएको थियो ।
सो प्रस्तावमाथि टिप्पणी गर्दै भुसालले भने, ‘यत्रो इतिहास भएको यत्रो महाधिवेशनको बन्द सत्रले जुन प्रस्ताव पारित गर्यो, त्यो दुर्भाग्यपूर्ण छ ।’
साथै यसले विगत र भविष्यलाई पिरोल्ने भुसालले बताए । उनले भने, ‘यसले विगत र भविष्यलाई पिरोल्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।