भीम रावलको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन

चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आफ्नै पार्टीका कार्यकर्ताबाट खतरा हुने देखिएपछि उनको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। 

उनी बसेको होटलमा शनिबार राति हतार–हतार सशस्त्र प्रहरीको टोली खटाइएको हो। उनीमाथि एमाले कार्यकर्ताहरुबाटै सुरक्षाको खतरा देखेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ। 

बन्दसत्रको हलले उम्मेदवारको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो। रावलले भने आफ्नो अडान कायम राख्दै आफूलाई हलको निर्णय मान्य नभएको बताएका थिए।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २२:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया