एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरिरहेका वर्तमान उपाध्यक्ष भीम रावललाई सोही पदमा दोहोरिन अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
शनिबारको बन्द सत्रले ओलीलाई सर्वसम्मत पदाधिकारीका उम्मेदवार चयन गर्न अधिकार दिएको छ ।
सोहीअनुरुप ओलीले रावललाई उपाध्यक्षमा प्रस्ताव गरेका हुन् । रावलले भने अझै ओलीको प्रस्ताव स्वीकारेका छैनन् ।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई ल्याउन चाहेका छन् । त्यसका लागि उनले अर्का दाबेदार सुवास नेम्वाङलाई मनाइसकेको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।