माओवादी केन्द्र गुल्मीको १० पालिकामा नयाँ नेतृत्व चयन
चन्द्रकोट र धुर्कोटमा बाँकी

माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ । 

मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ । गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक वीरबहादुर कार्कीले जानकारी दिए । 

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवती गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन गरिएको कार्कीले बताए । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी विस्तार गरिएको छ ।  

रूरू क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । 

कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसीको अध्यक्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए ।

मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।



त्यस्तै, मदाने गाउँपालिकामा बेगम चन्द बोहराको नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । 

जिसीका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ भने भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ ।  



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया