सकस बन्दै एमाले नेतृत्व छनोट, ओली र रावल छुट्टाछुट्टै छलफलमा

नेकपा एमालेको १० औं महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया सकस बन्दै गएको छ । बन्दसत्रको आज दोस्रो दिन हो । बिहानैबाट नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । 

ओली अहिले पार्क सफारी होटलमा छलफल गरिरहेका छन । उता रावल पनि आफू बसेको होटलमा निकट नेताहरूसँग छलफल गरिरहेका छन् । 

ओलीले सर्वसम्मतरूपमा आफू अध्यक्ष बन्न चाहना गरिरहेका छन् । केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटीको जिम्मा बन्द सत्रको हलले अध्यक्ष ओलीलाई दिएको थियो । त्यसपछि अध्यक्षका दाबेदार रावलले आफ्नो असन्तुष्टि राखेका थिए ।  

ओली सर्वसम्मत अध्यक्ष बन्ने तयारी गरिरहँदा रावलको चुनौती भारी बनेको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया