एमालेको १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।
महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।