कांग्रेस अधिवेशन : झापामा सिटौला पक्षका थेबेको अग्रता

मत गणना सकिन लाग्दा नेपाली कांग्रेस झापामा सभापति पदका उम्मेदवार देउमान थेबेले बल्ल अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को मत गणना भइरहँदा उनले प्रतिस्पर्धी राम कट्टेललाई पछि पारे । 

थेबेले एक हजार ४३९ मत पाएका छन् । कट्टेलले भने १ हजार ४११ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

उनीहरूको मतान्तर २८ छ । यसअघि निर्वाचन क्षेत्र १, ५, २ र ४ को मत गणना हुँदा भने कट्टेलको अग्रता थियो । तर, क्षेत्र नम्बर ३ को गणना हुँदादेखि भने थेबेले अग्रता लिएका हुन् । 

थेबेलाई कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ सरिता प्रसाई, नेता केशव बुढाथोकी लगायतको समर्थन छ । 

कट्टेललाई भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया