फेसबुक विवाद
जुकरबर्गलाई चेयरम्यानको पद छोड्न लगानीकर्ताकाे दवाव

एजेन्सी– फेसबुकका चेयरम्यान र सिइओ मार्क जुकरबर्गलाई एउटा पदबाट राजीनामा दिन लगानीकर्ताहरुको दवाव बढेको छ ।

फेसबुकका लगानीकर्ता ट्रिलियम एसेट म्यानेजमेन्टका सिनियर भाइस प्रेसिडेन्ट जोन्स क्रोनले जुकरबर्गले चेयरम्यानको पद छोड्न माग गरेको ब्रिटिश समाचार एजेन्सी गार्जियनले जनाएको छ । 

न्युयोर्क टाइम्सको रिपोर्टमा फेसबुकले प्रतिद्धन्द्धी कम्पनीलाई फेसबुकविरुद्ध लेख्न पिआर फर्म डिफाइनर्सलाई हायर गरिएको उल्लेख थियाे । 

गार्जियनका अनुसार जोन्सले फेसबुक एक कम्पनी भएकाले सिइओ, चेयरम्यान अलग अलग हुनु पर्ने बताएका छन् । डिफायनर्स विवादमा जुकरबर्गले डिफायनर्सलाई कम्पनीको कामको बारेमा जानकारी नभएकाले याे अवस्था अाएकाे बताएका छन् । 

ब्रिटेनका पूर्व प्रधानमन्त्री निक क्लेजलाई फेसबुकले पोलिसी एन्ड कम्युनिकेशनको ग्लोबल हेड नियुक्त गरेकोमा पनि इन्भेष्टर सन्तुष्ट छैनन् । इन्भेष्टर नर्थ स्टार एसेट म्यानेजमेन्टका चिफ एक्जुकेटिभ जुली गुडरिजले बोर्डको अधिनमा रहन सक्ने व्यक्तिलाई नियुक्त गर्नु आवश्यक रहेको बताएका थिए । 

कम्पनीको चेयरम्यान र सिइओमा एकै व्यक्ति हुँदा फेसबुक कम्पनीमा आएका विभिन्न समस्याहरु सही तरिकाले समाधान हुन सकेको फेसबुक इन्भेष्टर अर्जुन केपिटनको म्यानेजिङ पार्टनर नताशाको भनाई छ । 



मार्क जुकरबर्ग फेसबुकको चेयरम्यान रहँदासम्म कम्पनी घाटामा जाने आरोप इन्भेष्टरले लगाएका छन् । फेसबुकको सबै अधिकार जुकरबर्गसँग हुँदा धेरै समस्या समाधानहरु आएको भनाई उनीहरुको छ । 

मार्क जुकरबर्गलाई चेयरम्यान पदबाट हटाउन ट्रिलियम एसेट म्यानेजमेन्टले अक्टोबरमा प्रस्ताव दायर गरेको छ । स्ट्रिन्जर, पेन्सिलभानिया स्टेट ट्रेजरका जोय टोर्सेला, इलिनिएस स्टेट ट्रेजररका माइकल फ्रेरिच र रोड आइसल्यान्ड स्टेट ट्रेजरका म्यागनिजरले पनि उक्त प्रस्तावको समर्थन गरेका छन् । उक्त प्रस्तावको फैसला २०१९ मेमा हुने फेसबुकका शेयर होल्डर्सको वार्षिक बैठकमा भोटिङपछि गरिने छ । 



मार्क जुकरबर्गले २०१६ मा अमेरिकाको चुनावमा रुसी प्रभाव बढाउने काम गरेको र फेसबुकले निष्पक्ष तरिकाले काम नगरेको प्रति शेयरहोल्डर्स खुशी छैनन् । क्याम्ब्रिज एनालिटिकाले ८.७ करोड फेसबुक युजर्सको डाटा चोरेर गलत प्रयोग गरेको र फेसबुकले यसप्रति सही तरिका नअपनाएकाले उनीहरु जुकरबर्गसँग निराश भएको बताएका छन् । फेसबुकले स्मार्टफोन कम्पनीबाट युजर्सको डाटा शेयर गरेको र फेक न्युज रोक्न गलत काम गरेको आरोप लगानीकर्ताको छ । 

२०१७ मा पनि मार्क जुकरबर्गलाई फेसबुकको बोर्ड मेम्बर्सबाट हटाउने प्रस्ताव दायर गरिएको थियो । यो समयमा ५१ प्रतिशत भोट प्रस्तावको समर्थनमा थियो तर मार्क जुकरबर्गसँग मुख्य शेयर लगानीकर्ता थिए, जसका कारण उक्त प्रस्ताव सफल हुन सकेन । 
 

  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार ११:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया