चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो ।
ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो ।
सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी टोलीले ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो ।
त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।