एमाले महाधिवेशन स्थलमा पानीको फोहोरा हान्ने गाडी

नेकपा (एमाले) महाधिवेशन स्थलमा पानीको फोहोरा हान्ने गाडी तयारी अवस्थामा राखिएको छ ।

महाधिवेशनको सन्दर्भमा हुन सक्ने हुलदङ्गा नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयारी गरेको हो ।

महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने तयारी गरिए पनि आकांक्षी धेरै भएपछि अन्तिम समयमा निर्वाचनको सम्भावना बढेको छ ।

आज निर्वाचन हुनसक्ने सम्भावना बढेसँगै हुलदङ्गा हुन सक्ने आशंकामा प्रहरीले पानीको फोहोरा हान्ने गाडी तयारी अवस्थामा राखिएको जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १३:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया