सर्लाहीमा दुई बच्चासहित आमा मृत अवस्थामा फेला
सांकेतिक तस्बिर

सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

बरहथवा नगरपालिका-१ स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५-२६ वर्षकी कविता हजारा अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरासहित आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

महिला घरमै झुन्डिएको अवस्थामा र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए । 

बिहान सबेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ । 

श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।  

एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शाेकमा डुबेको छ । पोष्टमार्टक रिपाेर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ। 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १३:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया