आज पनि भेट भएन ओली-रावलकाे

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिनको बन्दसत्र अब केही बेरमा सुरु हुँदैछ । बन्दसत्र हलमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

यसअघि शनिबारको बन्दसत्र हलमा उपाध्यक्ष भीम रावलले ओलीलाई केन्द्रीय कमिटीका सबै सदस्यको नामावली मनोनयन गर्न दिइएको प्रस्तावको विरोध गरेका थिए ।

महाधिवेशनका लागि चितवन आएसँगै ओली र रावलको भेट गराउने प्रयासमा नेताहरू छन् । तर, अहिलेसम्म उनीहरूको भेट हुन सकेको छैन । 

अध्यक्षका प्रत्यासी रावलले आफूले उम्मेदवारी घोषणा गरिसकेको भन्दै महाधिवेशनमा निर्वाचन हुनैपर्ने अडान लिएका छन् । तर, ओलीले निर्वाचन नगर्ने बताइरहेका छन् ।

आजको बन्दसत्रमा ओलीले पेलेरै अगाडि बढेर आफू अनुकूल सहमतिमा नेतृत्वमा नेताहरू ल्याउन सक्ने सम्भावना छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १४:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया