कांग्रेसलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ : प्रकाशमान
फाइल तस्वीर

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन् । उनले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन् ।

आइतबार कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले नेतृत्व कमजोर भएकोले नै गत चुनावमा कांग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएकोले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताए ।

‘नेतृत्वको परिवर्तन आवश्यक छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितिबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ’ उनले भने ।

नेता सिंहले प्रजातान्त्रिक पार्टी कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १५:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया