बारले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माधव नेपाललाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल बार एसोसिएसनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले कात्तिक दोस्रो सातादेखि इजलास बहिष्कार गर्दै आइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १५:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया