ओलीसँगको भेटपछि पृथ्वीसुब्बाले भने - ९० प्रतिशत सहमति भइसक्यो, १ घण्टामा बन्दसत्र सुरु हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास गर्दा १०‌औँ महाधिवेशनको बन्दसत्रको बाँकी कार्यक्रम प्रभावित भएको छ । सहमतिमा नेतृत्व टुंग्याउनका लागि अहिले ओली नेताहरूसँग छलफल गरिरहेका छन् ।

ओलीले आकांक्षीको व्यवस्थापन गर्न नसकेर निर्वाचनको सम्भावना बढी रहेका बेला नेता पृथ्वीसुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । 

उनले  ९० प्रतिशत सहमति भइसकेको पनि बताए । उनले एक घण्टापछि बन्दसत्र सुरु हुने सुनाए । उनले अध्यक्ष ओलीसँगको भेटपछि यस्तो बताएका हुन् ।

'एक घण्टापछि बन्दसत्र सुरु हुन्छ, ९० प्रतिशत सहमति भइसकेको छ । सहमतिमै नेतृत्व चयन हुन्छ' उनले भने ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया