नेकपा एमाले नेता गोकुल बाँस्कोटाले १०औँ महाधिवेशनले सहमतिमै नेतृत्व छान्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उनले सहमतिबाटै नेतृत्व चयन हुने बताएका हुन् । सहमतिमै नेतृत्व छान्न विधान संशोधन गरेको बताउँदै उनले आज बेलुका ७ बजे अध्यक्ष ओलीले खाका बन्दसत्रमा पेस गर्ने जानकारी दिए ।
'महाधिवेशनको आजको बन्दसत्र बेलुकी ७ बजे मात्र सुरु हुन्छ । सहमतिमै नेतृत्व छान्ने हो । ७ सात बजे सहमतिको खाका पेस हुन्छ,' उनले भने ।
उनले भीम रावललाई पनि सहमतिका आधारमा जिम्मेवारी दिइने बताए । 'भीम रावल एमालेको नेता हो र एमालेमै बस्नु हुन्छ । एमालेले जे जिम्मेवारी दिन्छ सहमतिले दिन्छ' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।