प्रदेश २ का खेलकुदमन्त्री सिंहमाथि आक्रमण, सुरक्षागार्डले चलाए गोली

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको वडा अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि आक्रमण गरिएको हो ।

सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–९ को अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।

अधिवेशन भइरहेको वडा कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो । आइतबार साँझ करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

मन्त्रीमाथि आक्रमण भएपछि उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाई फायर गरेका थिए । सोही क्रममा सुरक्षागार्ड खंगमाथि पनि रड प्रहार गरिएको एसपी प्रसाईंले बताए ।

रड प्रहारबाट मन्त्री सिंहका सुरक्षागार्ड खंग र अर्का एक सहयोगी रामचन्द्र महतो घाइते भएका छन् । घाइते दुवैजनाको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया