दोस्रो पटक प्रिन्ट गरेको सूचीमा अध्यक्षमा ओली, वरिष्ठ अध्यक्ष र उपाध्यक्षको नाम खाली

एमाले उपमहासचिव विष्णु पौडेलले दोस्रो पटक प्रिन्ट गराएको नामावलीको सूची अध्यक्षमा केपी शर्मा ओलीको नाम छ । तर, वरिष्ठ अध्यक्ष र उपाध्यक्षलगायत अन्य पदाधिकारीको नाम भने खाली राखिएको छ ।

पार्टी अध्यक्ष ओलीले तयार पारेको सूची अध्यक्षमण्डलको बैठकमा पेस गरेपछि पौडेलले फेरि  'प्रिन्ट' गरेका हुन् । तयार भएको सूची बन्दसत्रमा पेस हुने छ ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नामावली तयार पर्ने प्रयास गर्दा ढिलाइ भएको छ । केही नेताहरूले ८ बजेबाट बन्दसत्र सुरु हुने बताए पनि सुरु हुन सकेको छैन ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २१:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया