एमाले महाधिवेशन : नयाँ अध्यक्षका लागि चुनाव हुँदै, यस्तो छ तालिका

नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । अध्यक्ष पदबाट भीम रावलले आफ्नो अडान फिर्ता नलिएपछि निर्वाचन हुन लागेको हो । 

आइतबार मध्यरातसम्म पनि नेताहरूबीच सहमतिको प्रयास भएको थियो । तर, रावलले अध्यक्षबाट पछि नहट्ने अडान कायमै राखे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर, ओलीको प्रस्ताव रावलले अस्वीकार गरे ।  

रावल सहमतिमा नआएपछि आज अध्यक्षका लागि चुनाव हुने भएको छ । निर्वाचन प्रक्रिया आइतबार नै हुने कार्यतालिका थियो । तर, सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । 

एमाले निर्वाचन आयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । 

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौने ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका  छ ।

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।  आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।






  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ७:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया