एमाले महाधिवेशन
भीम रावलले गराए एमाले अध्यक्षमा उम्मेदवारी दर्ता

चितवनमा जारी १० औं महाधिवेशनमा एमाले अध्यक्ष पदका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । 

फारम आइतबार नै लिएका रावलले उम्मेदवारी दर्ता भने आज बिहान गरेका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

आइतबार मध्यरातसम्म पनि नेताहरूबीच सहमतिको प्रयास भएको थियो । तर, रावलले अध्यक्षबाट पछि नहट्ने अडान कायमै राखे ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर, ओलीको प्रस्ताव रावलले अस्वीकार गरेका थिए ।  

रावल सहमतिमा नआएपछि आज अध्यक्षका लागि चुनाव हुन लागेको हो । एमाले निर्वाचन आयोगका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।  






  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ८:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया