पेरुमा शक्तिशाली भूकम्प, दर्जनौं भवन भत्किए

पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलव ५ म्याग्‍निच्यूडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । 

त्यस्तै, भूकम्पमा कम्तिममा १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् । 

भूकम्पको गहिराइ १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ । 

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् । भूकम्प गएपछि मानिसहरू घरबाट बाहिर निस्किएका थिए । 

भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध भएको छ ।   





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया