कांग्रेस अधिवेशन : मोरङमा फेरि मतदान हुने

नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।

सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।

कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।

तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।

'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।' 
 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया