एमाले अधिवेशन : अध्यक्षका लागि ओलीको उम्मेदवारी दर्ता
फरकधार / १३ मंसिर, २०७८

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 



उनले गएराति आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । 

सोहीअनुसार ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अर्को पक्षबाट एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । 




  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:४३:१,   अन्तिम अपडेट : मंसिर १३, २०७८ साेमबार ९:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया