चीनले लद्दाख नजिक सीमामा रकेट तथा मिसाइल रेजिमेन्ट तैनाथ गर्‍यो, भारत चिन्तित

भारतको पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक चीनले सैन्य पूर्वाधार विस्तारलाई तिव्रता दिएको छ । सैन्य पूर्वाधार विकास गर्ने चीनको कदमप्रति भारतले आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ । 

अंग्रेजी अखबार ‘लाइभ मिन्ट’का अनुसार हालै दुई देशबीच भएको बैठकमा भारतले पूर्वी लद्दाखको नजिक चीनले विस्तार गरेको सैन्य पूर्वाधारको मुद्दा उठाएको थियो ।

अ​खबारले स्रोतलाई उद्धृत गर्दै सीमा नजिक चीनले नयाँ निर्माण कार्य सुरु गरेको दाबी गरेको छ । चीनले लद्दाख नजिक सेनाको लागि आवासको व्यवस्था, सडक निर्माण र मिसाइल रेजिमेन्ट स्थापना गरेको छ । यति मात्र होइन सीमा चीनले ठूलो मात्रामा हतियार समेत राखेको दाबी अखबारले गरेको छ । यसै कारण भारत चिन्तित भएको लाइभ मिन्टले जनाएको छ । 

सीमामा हुने सैन्य पूर्वाधार विकासले खास अर्थ राख्ने बताइएको छ । हाईवेलाई चौडा पार्ने देखि विमानस्थल निर्माणका काम चीनले सीमामा गरिरहेको भारतीय पक्षको आरोप छ । लद्दाख नजिक निर्माण गरिदै गरिएको विमानस्थल काशगर, गार गुन्सा र होतनभन्दा फरक रहेको बताइएको छ । 

सीमा नजिक फराकिलो बनाइँदै गरिएको हाइवेले चिनियाँ सेनाको पहुँच सीमासम्म मजबुत बनाउने छ । आवश्यक परेको बेला सो राजमार्गको प्रयोग गरी ठूलो संख्यामा चिनियाँ सेना सीमासम्म आउन सक्नेछन् जसले गर्दा भारतले चिन्ता व्यक्त गरेको हो । 



चीनले भारतसँगको सीममा वायु र स्थल दुवै सेनाको पूर्वाधार विकास गर्नेमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । स्याटलाइटबाट बच्ने गरी चीनले काम गरिरहेको आरोप भारतको छ । 

चीनले तिब्बतलाई बुझ्नेहरू र तिब्बतीलाई पनि सेनामा भर्ती गरिरहेको छ । यसको उदेश्य एउटै छ– हान सुरक्षाबलको साथ तैनाथ गर्ने र घुलमिल गराउने । तिब्बतको सुरक्षाको लागि चीन कुनै असर बाँकी राख्ने पक्षमा छैन । 



दुर्गम भूमी भएको कारण भारतसँगको सीमा नजिक चिनियाँ मुख्य भूमिका सैनिकलाई लामो समय टिक्न गाह्रो छ । यसैकारण पनि चीन तिब्बतका मूल बासिन्दालाई सेनामा भर्तीगरी सीमामा राख्न चाहिरहेको छ । 

स्रोतका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष चीनले लद्दाख सीमा नजिक आफ्नो भूमिमा राम्रो आवास, सडक सञ्जालको व्यवस्था गरेको छ । चीन त्यहाँको हावापानीमा भारतभन्दा बढी अभ्यस्त पनि छ । 

तिब्बत स्वायत्त क्षेत्रमा चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मीले रकेट तथा मिसाइल रेजिमेन्ट तैनाथ गरेको छ । साथसाथै चीनले ठूलो संख्यामा ड्रोन पनि तैनाथ गरेको छ ताकी हरेक पल सीमामा निगरानी राख्न सकियोस् । 

(बिबीसीबाट)

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १३:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया