मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थल जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको मिनी ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरिनाथ गाउँपालिका-१ कोटबाडाका ५८ वर्षीय जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मिनी ट्रकका साहु नेत्रबहादुर विष्ट घाइते भएका छन् । घाइते विष्टलाई उपचारका लागि जिल्ला अस्पताल कालिकाेटमा लगिँदैछ । ट्रकमा चार जना सवार रहेको थिए । 

मिनी ट्रकले निर्माणाधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको थियाे ।

मिनी ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया