एमाले महाधिवेशन : बागमतीबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बागमती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवश्यक संख्या तीनभन्दा बढीकाे उम्मेदवारी नपरेकाले बागमतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् ।

जसअनुसार पार्वती रावल, पेम्बा लामा र रचना खड्काको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध केन्द्रीय कमिटी सदस्य बनेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी नै छ ।

तर, बागमती प्रदेशको ६ वटा पुरुष कोटामा आठ जनाको उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने सम्भावना छ । उम्मेदवारी फिर्ताको समयसीमाभित्र उम्मेदवारी फिर्ता नभए बागमती प्रदेशमा प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेशको ६ कोटाका लागि आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, केदार क्षेत्री, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामवीर मानन्धर, रामेश्वर रानामगर र सरेश नेपालले उम्मेदवारी दिएका छन्, दुई जनाले मात्रै उम्मेदवारी फिर्ता नलिएको खण्डमा बाग्मती प्रदेशमा आन्तरिक निर्वाचनवाट नेतृत्व चयन हुनेछ । 

रावल महाधिवेशन आयोजक जिल्ला चितवनकी अध्यक्षसमेत हुन्, उनलाई महाधिवेशन कमाण्डर भनेर चिनिन थालिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया