एमाले महाधिवेशन : दुईवटै आयोगमा निर्विरोध नेतृत्व चयन

नेकपा एमालेको जारी महाधिवेशनले दुईवटै आयोगको नेतृत्व निर्विरोध चयन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध चयन भएका हुन् ।

२५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित १३ खुला सदस्य र नौ महिला सदस्य छन् । 

यस्तै, अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुला १३ र नौ महिला सदस्य निर्वाचित भएका छन् । 

एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औं राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् ।   





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया