थप २५९ जनामा काेराेना संक्रमण, एककाे मृत्यु

पछिल्लाे २४ घन्टामा देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २५९ जनामा संक्रमण पुष्टि भएकाे हाे।

देशैभर ९ हजार ८८८ जनाको कोरोना परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे २४ घन्टामा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५२४ पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घन्टामा थप २६८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया