कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य पाण्डेले पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए । केन्द्रीय सदस्य पाण्डेले विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताए । पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए । 

‘म १२औँ अधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित भएको हुँ, १३ औँ अधिवेशनमा म खुला २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ,’ केन्द्रीय सदस्य पाण्डेले भने, ‘अहिले पदाधिकारी तहमा जानुपर्छ, पदाधिकारीको संख्या पनि केन्द्रीय समितिमा बढेको छ, त्यो हिसाबले मैले आफ्नो पिछडिएको क्षेत्र, म आफू बाजुराको नागरिक पनि भएको कारणले बाजुराको बासिन्दा पनि भएको कारणले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिने विचार गरेको छु ।’

केन्द्रीय सदस्य पाण्डेले देशभरका साथीले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाब दिएपछि आफूले उम्मेदवारी दिएको उनले बताए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया