एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिए जिन सिक्वेन्स गरिने

कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य सेवा विभागले सीमा नाकामा राखिएका हेल्थ डेक्सहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । 

सीमा नाकामा रहेका हेल्थ डेक्सलाई कोरोनाको एन्टिजिन परीक्षण गर्दा पोजिटिभ आएका केसहरूलाई थप अध्ययनका लागि प्रयोगशालामा पठाउन परिपत्र गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए ।   

ती पोजिटिभ नमुनाहरू संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी जिन सिक्वेन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन सबै हेल्थ डेक्सहरूलाई पत्राचार गरिएको हो । 

विभागका महानिर्देशक डा. सिंहले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सन्दर्भमा सीमा नाकामा थप सजगता अपनाउन थालिएको बताए । 

प्रदेशको स्वास्थ्य आपतकालीन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई भने संकलन गरिएको नमुना जनस्वास्थ्य प्रयोगशालासम्म पु¥याउने कार्यमा समन्वय तथा सहजीकरण गर्नसमेत अनुरोध गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई भने नाकाहरूबाट संकलन गरिएका नमुनाहरूको जिन सिक्केन्स परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको महानिर्देशक डा. सिंहले बताए । 

हालै दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वभर सतर्कता अपनाउन थालिएको छ । नेपालले पनि सीमा नाकामा कडाइ गर्ने, अन्तर्राष्ट्रिय हवाईमार्गमार्फत आएकामाथि निगरानी राख्ने तथा अनिवार्य क्वारेन्टिन बस्ने व्यवस्था मिलाइएको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म नयाँ भेरियन्टका संक्रमित नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ । तर, सावधानी भने अपनाउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया